१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दशैं नमनाउने खोकनास्थित सिकाली चौरमा होम र पूजा


६ कार्तिक २०७७, बिहिबार  

0
Shares


६ कात्तिक ०७७, ललितपुर ः दशैं चाड नमनाउने ललितपुर महानगरपालिका वडा नं २१ खोकनास्थित सिकाली चौरमा तान्त्रिक विधिबाट होम र पूजा भइरहेको छ । खोकनामा घटनास्थापनादेखि मनाइने सिकाली जात्राअन्तर्गत विहीबार यहाँका गुठीसँग सम्बन्धित स्थानियले धमाधम होमका साथै पूजा गरेका हुन् ।
सिकाली चौरमा तन्त्रमन्त्र गरेर होमका साथै सिकाली अनि रुद्रायणी देवीको पूजा भइरहेको रुद्रायणी गुठीका सदस्य बेखनर महर्जनले बताए । महर्जनले भने, “मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीका कारण यस वर्ष परम्परा मात्र धान्ने काम गरिरहेका छाँै । खोकनामा रहेका देवता खलका मानिसमध्ये १४ जना विभिन्न देवीदेवताको मुकुट लगाएर यज्ञमा उपस्थित भइसकेका छन् ।” मुलुककै राष्ट्रिय पर्व यसमा विभिन्न देवताका नाचका साथै महायज्ञ र भात छर्ने परम्परा समेत हुने महर्जनले जानकारी दिए ।
मुलुकमा जस्तै ठूलो सङ्कट या महामारी आए पनि सिकाली जात्रा रोक्न हुन्न भन्ने मान्यतानुरुप गुठीमा सम्बन्धित सीमित मानिस मात्र सिकाली चौरमा उपस्थित भएर परम्परालाई अघि बढाइरहेको वडाध्यक्ष रवीन्द्र महर्जनले बताए । यहाँ बुधबार खटजात्रा सम्पन्न भइसकेको छ । यस क्षेत्रमा मनाइने सिकाली जात्रा र खोकना नाचका लागि घटस्थापनाका दिनदेखि केही कुमारले घरघर डुलेर पूजा सामग्री सङ्कलन गर्ने चलन रहेको महर्जनले जानकारी गराए ।
खोकना बाहिरको चौरमा चोसो राँगो काटेपछि जात्रा शुरु हुने मान्यता छ । शुक्रबार भने सिकाली चौरमा खोकना नाच हुने छ । खोकनामा मनाइने जात्रा र नाचमा विशेष गरेर गणेश, महालक्ष्मी, भैरव, शक्ति, रुद्रायणी, ब्रह्मा, महादेव आदि देवीदेताका पूजा गरिन्छ । विगत वर्षमा घटस्थापनादेखि नवमीका दिनसम्म मनाइने सो जात्रा यस वर्ष भने केही विधिमात्र गरेर परम्परा धानिने बताइएको छ ।

देशभर दशैं पर्व धुमधामसँग मनाइरहदा खोकनाका हिन्दु धर्मालम्बीहरु भने सिकाली जात्रा मनाउने गर्दछन्

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  २ : १५ बजे