काठमाडौं, ६ कात्तिक ०७७ ः काठमाडौं महानगरपालिका १ दरबारमार्गस्थित सालिक चोकबाट प्रतिबन्धित कस्तुरीको विना सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रे पाँचखाल नगरपालिका ८ चिसापानी घर भई काठमाडौं बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र सोही ठाउँ घर भई काठमाडौं डल्लु बस्ने ३६ वर्षीय राम कुमार लामा रहेका छन् ।
दरबारमार्ग क्षेत्रमा प्रतिबन्धित कस्तुरीको विना अवैध रुपमा किनबेच गर्नको लागि लुकाई छिपाई ल्याएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूबाट १ थान कस्तुरीको विना र ४ थान मोबाइल बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
६ कार्तिक २०७७, बिहिबार
0
Shares
प्रतिक्रिया