१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टुडिखेलको फूलपाती बढाइँ सांकेतिक मात्रै


६ कार्तिक २०७७, बिहिबार  

0
Shares

नेपाल घोडचढी संघद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित छैठौँ राष्ट्रिय घोडचढी प्रतियोगितामा सहभागीहरु ।

६ कात्तिक ०७७, काठमाडौं । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना हुने भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताएकाछन् । पौडेलका अनुसार यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले छोटो अर्थात् करीब आधा घण्टाका मात्रै हुनेछ ।
फुलपाती बडाईमा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ । कोरोना जोखिमका कारण पाहुनाको संख्या कटौती गरी १०० जनामा सीमित गरिने छ । सबै पाहुनालाई उपस्थित हुने स्थानमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । विगतमा फूलपाती बढाइँ हर्षाेल्लाससँग मनाउने र त्यसपछि सुरक्षाका लागि अत्यावश्यक जनशक्तिलाई ब्यारेकमा राखेर अरुलाई दशैँ मनाउन बिदा छाड्ने सेनाको चलन थियोे ।
फुलपाती बढाई कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी उक्त समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुने चलन छ । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन् ।
इतिहाकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको छ ।
अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो । पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्छन्, ‘मुलुकको पहिचान, संस्कृति र परम्परालाई जीवन्त तुल्याउने सन्दर्भसँग गाँसिएको फूलपाती बढाइँले गर्विलो इतिहास बोकेको छ ।’

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  १० : ४६ बजे