१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौँ उपत्यकामा मात्र दुई हजार ७ सय २० सङ्क्रमित


७ कार्तिक २०७७, शुक्रबार  

0
Shares


७ कात्तिक ०७७, काठमाडौं । गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र दुई हजार ७ सय २० सङ्क्रमित थपिएका छन् । तिनमध्ये काठमाडौँका दुई हजार ३ सय ५७, ललितपुरका २ सय ३६ र भक्तपुरका १ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप चार हजार ४ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५३ हजार आठ पुगेको छ । शुक्रबार कोरोनाबाट मर्नेको सङ्ख्या १८ छ । हालसम्म कोरोना पुष्टि भएर मर्ने ८ सय २९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेबसाइट र सामाजिक सञ्जालमा राखेको विवरणमा जनाइएको छ ।
सो अवधिमा देशभरका प्रयोगशालामा १६ हजार ८ सय ६३ नमूना परीक्षण गर्दा एक हजार ६ सय ९० महिला र दुई हजार ८ सय ९ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म ४६ हजार ६ सय ९१ सक्रिय सङ्क्रमित छन् । सक्रियमध्ये ३१ हजार ७ सय २७ जना ‘होम आइसोलेशन’मा तथा २ सय ९० जनाको सघन उपचार कक्ष र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी हालसम्म एक लाख पाँच हजार ४ सय ८८ जना सङ्क्रमणमुक्त भएका छन् ।
अन्य जिल्लाबाट पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमा मोरङका २२३, काभ्रेपलाञ्चोकका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपरासी(बर्दघाट सुस्तापूर्व)का २८÷२८, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६÷१६ तथा धनुषा, रौतहट, सिरहा र गुल्मीका १४÷१४ छन् ।
यसैगरी बर्दियाका १३, बागलुङका १२, गोरखा र तनहुँका ११÷११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०÷१०, म्याग्दीका आठ, ताप्लेजुङ, बारा र महोत्तरीका सातसात, लमजुङ, कञ्चनपुर र डोटीका छ छ, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका पाँचपाँच, अर्घाखाँची, रुकुम(पश्चिम) र अछामका चारचार, सङ्खुवासभा, स्याङ्जा र जुम्लाका तीनतीन, ओखलढुङ्गा, रुकुम(पूर्व) र बैतडीका दुईदुई तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका एकएक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी प्रदेशगत रुपमा प्रदेश नं १ मा ४ सय ८०, प्रदेश नं १ सय १७, वाग्मतीमा तीन हजार २ सय २५, गण्डकीमा १ सय ४०, लुम्बिनीमा ४ सय २८, कर्णालीमा २२ र सुदूरपश्चिममा ८७ जना कोरोना सङ्क्रमित थपिएको जनाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : २६ बजे