१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रविभवनमा आगलागी


७ कार्तिक २०७७, शुक्रबार  

0
Shares


७ कात्तिक ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका १४ रविभवनस्थित धादिङ धुनिवेशी नगरपालिका ४ घर भई हाल चन्द्रागिरी नगरपालिका ११ बस्ने ४० वर्षीया साबित्री बस्नेतको ४६ मोडिफिकेशन नेपाल नामक हेल्मेट पसलमा विजुली सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सा, ठोरी गाउँपालिका(३ ब्रहमनगर बस्ने कामी राम पाख्रिनको घरमा बिहीबार दिउँसो आगलागी हुँदा अन्नपात, भाँडाकुडा, लत्ताकपडा, फर्निचर लगायतका सरसामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ११ : ३७ बजे