४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


इन्दिराले बजारमा ल्याइन् ‘घर छोडी’


८ कार्तिक २०७७, शनिबार  

0
Shares

८ कात्तिक ०७७,चापागाँउ । गोदावरीका नगरपालिकाका मेयर गजेन्द्र महर्जन तथा उपमेयर मुना अधिकारीले ललितपुर चापागाँउस्थित नगरपालिका हलमा बुधबार नवनायिका इन्दिरा बजगाईको पारिवारिक सन्देशमुलक म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

म्युजिक भिडियोसार्वजनिक गर्दै मेयर महर्जनले सामाजिक विषयबस्तुमा निर्माण गरिएको म्युजिक भिडियोले घर परिवार सफल र सुखमय बनाउन महिलाको भूमिका ज्यादा हुने बताए ।
पारिवारिक कथा व्यथामा आधारित यो म्युजिक भिडियो सन्देश मुलक रहेका गितका परिकल्पनाकार तथा निर्देशक मनिष शर्मा बताएका छन् ।

म्युजिक भिडियो परिवारिक परिवेशमा रुमलिएको छ । परिवारकी एउटी श्रीमती माइत जाँदाको मनोदशा भिडियोमा समेटिएको छ ।
‘म्युजिक भिडियोको संगीत जति मिठो छ, उती नै सन्देश मुलक र मार्मिक छ’ भिडियोका निर्देशक मनिष शर्माले ललितपुर खबरलाई बताए ।
म्युजिक भिडियोको निर्देशन मनिष शर्मा गरेका हुन् । गायिका इन्दिरा बजगाईंलाई गायक तथा कलाकार कृष्णभक्त महर्जनले साथ दिएका छन् । संगीत प्रधुम्न घलेले भरेका छन् भने शव्द रचना सुरेन्द्र रानाको हो । म्युजिक भिडियोको सिनेमेट्रोग्राफी नारायण जिसीको छ ।
गित रेकर्डिङ्ग रिङ्ग स्टुडियोमा गरिएको हो । म्युजिक भिडियोमा ललितपुरको देविचौरको रमणिय दृश्य समेटिएको छ ।
म्युजिक भिडियोको निर्माण मनिष शर्मा तथा इन्दिरा बजगाईले गरेका हुन् ।

म्युजिक भिडियोमा गाँउले परिवेशमा रुमलिएको छ भने घर परिवारको चिन्ता स्प्रष्टसँग प्रकट गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १२ : ४६ बजे