१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौँमा अहिले सबैभन्दा धेरै कोरोना संक्रमित


८ कार्तिक २०७७, शनिबार  

0
Shares


८ कात्तिक ०७७, काठमाडौं । नेपालमा सबैभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौँमा छन् । अहिले काठमाडौँमा ५५ हजार ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३४ हजार २ सय ६३ निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७ सय २२ छ ।

ललितपुरमा दुई हजार ५ सय ३३ र भक्तपुरमा एक हजार ४ सय ५४ सक्रिय सङ्क्रमित छन् । ललितपुरमा सात हजार ७ सय ६३ र भक्तपुरमा पाँच हजार १ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको थियो । ललितपुरमा पाँच हजार १ सय ४९ र भक्तपुरमा तीन हजार ६ सय ४१ कोरोनामुक्त भएका छन् । काठमाडौँमा १ सय ९२, भक्तपुरमा ५५ र ललितपुरमा ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
काठमाडौँमा १० हजार ५ सय १, ललितपुरमा दुई हजार ६ सय ६४ र भक्तपुरमा एक हजार ७ सय १९ सङ्क्रमित होम आइसोलेशनमा छन् । झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । मुस्ताङमा भने सक्रिय सङ्क्रमित छैनन् ।

सङ्क्रमितमध्ये ३ सय ७ को सघन उपचार कक्ष र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । चौबीस घण्टामा कोरोनाबाट १३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ८ सय ४२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : ०५ बजे