१ असार २०८२, आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं उपत्यकामा ८ सय ९५ कोरोना थपिए


१० कार्तिक २०७७, सोमबार  

0
Shares


१० कात्तिक ०७७, काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८ सय ९५ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ६ सय ७३, ललितपुरका १ सय ४६ तथा भक्तपुरका ७६ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या ८ सय ६२ पुगेको छ ।
गएको २४ घण्टामा नेपालमा थप एक हजार ७ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा एक हजार ६४ पुरुष तथा ६ सय ७७ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या एक लाख ५९ हजार ८ सय ३० पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा पाँच हजार ६ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म एक लाख १५ हजार ६ सय ७५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार हजार पाँच जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ४३ हजार २ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल दुई हजार ९ सय ६९ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर आज थपिएका सङ्क्रमितमा प्रदेश नं १ को उदयपुरका एक, झापामा ५०, ताप्लेजुङ्को एक, मोरङ्का १३, सुनसरीका एक सय ८५, प्रदेश नं २ को धनुषाका १२, बाराका पाँच, महोत्तरीका १४, सप्तरीका २९ र सिरहाका दुई, बागमती प्रदेशको काभ्रेका ५९, चितवनका २४, दोलखाका ७, धादिङ्का २४, नुवाकोटका ८, मकवानपुरका २९, रोमछापका ४, सिन्धुपाल्चोेकका दुई तथा सिन्धुलीका पाँच, गण्डकी प्रदेशका कास्कीका १०१, गोरखाका एक, तनहुँका १५, नवलपरासी पूर्वका ६०, लुम्बिनी प्रदेशका अर्घाखाँचीका ३३, कपिलवस्तुका २२, गुल्मीका ६, दाङ्का तीन, नवलपरासीका सात, पाल्पाका एक, प्युठानका चार, बाँकेका १२ तथा रुपन्देहीका ५८, कर्णाली प्रदेशका दैलेखका पाँच, जुम्लाका एक र रुकुम पश्चिमका एक तथा सुदूरपश्चिम प्रदेशका अछामका एक, कञ्चनपुरका एक तथा दार्चुलाका एक जना रहेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।