१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै


१३ कार्तिक २०७७, बिहिबार  

0
Shares

१३ कात्तिक ०७७, काभ्रे । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ ।
जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार जिल्लामा बुधबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ सय ५ रहेको छ । मङ्गलबार जिल्लामा कुनै सङ्क्रमित देखिएनन् । सोही दिन उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १८ जना रहेको पोष्टले जनाएको छ ।
आइतबारअघिको ४८ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने त्यसअघिको सङ्क्रमणदर घट्दै गएको पोष्टले जनाएको छ ।
पोेष्टका अनुसार बुधबारसम्म काभ्रेपलाञ्चोकमा ५ सय ९९ महिलासहित एक हजार पाँच सय ३३ जना सङ्क्रमितमध्ये ७१ प्रतिशत अर्थात् एक हजार ७८ सङ्क्रमणमुक्त भएका हुन् । सङ्क्रमितमध्ये १० पुरुष र सात महिलाको मृत्यु भइसकेको छ ।
गतअसार २ गते काभ्रेपलाञ्चोकमा पहिलो कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोरोना भाइरसको सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् १ सय ९० बनेपा नगरपालिकाका छन् । त्यस्तै धुलिखेलमा ९०, पनौतीमा ८१, पाँचखालमा १८, नमोबुद्धमा २०, मण्डनदेउपुरमा २६ तथा रोशीमा छ, बेथानचोकमा तीन, खानीखोला र चौंरीदेउरालीमा एक÷एक सक्रिय सङ्क्रमित रहेको पोष्टले जनाएको छ ।
सङ्क्रमितहरुमध्ये ९७ जनाको अस्पताल आइसोलेसनमा र ३ सय ४१ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ । यहाँको दुई स्थानीय तह भुम्लु र महाभारत गाउँपालिका कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १२ : ३१ बजे