१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महाकाल गाँउपालिकाका इन्चार्ज केसी काँग्रेसमा प्रवेश


१३ कार्तिक २०७७, बिहिबार  

0
Shares

१३ कात्तिक ०७७, ललितपुर । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का ललितपुर महाकाल गाँउपलिकाका इन्चार्ज गणेश केसी विहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काको निवास महाराजगंजमा विहीबार केसी कांग्रेसमा प्रवेश गरेको खेलकुद विभागका सचिव तथा ललितपुर काँग्रेस नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।
नेपाली काँग्रेसलाई ललितपुरमा बलियो बनाउन केसीको भूमिका महत्वपूर्ण हुने देखेर काँग्रेसमा भित्राउको महर्जनले बताए ।
गएको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले महांकाल गाउँपालिकाको अध्यक्षमा टिकट नदिएपछि केसी विद्रोही गरेर अध्यक्षको रुपमा उठेका थिए ।
उनी पछि माओवादी केन्द्रमा प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय आयोजक समिति सदस्यमा मनोनित भएका थिए । पूर्व एमाले र माओवादीबीच एकीकरण भएपछि नेकपाको जिल्ला सचिवालय सदस्यमा नियुक्त भएका थिए । उनी महाकाल गाँउपालिका इन्चार्ज समेत हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ४ : १८ बजे