१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा एक हजार ८ सय ८८ संक्रमित, १६ को मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार  

0
Shares

१४ कात्तिक ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ८ सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ५ सय ८, ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म काठमाडौंँ जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ६० हजार ७ सय ४२ पुगेको छ । तीमध्ये ४४ हजार २ सय ८८ जना निको भएका छन् भने २ सय १२ जनाको मृत्यु भएको छ ।

ललितपुरमा कुल सङ्क्रमितको सङ्ख्या आठ हजार ५ सय ९  रहेकामा  ६ हजार १ सय ९६ जना निको भएका छन् र ५८ जनाको मृत्यु भएको छ ।

भक्तपुरमा पाँच हजार ६ सय ५० जना सङ्क्रमित भएकामा चार हजार ४ सय २२ जना निको भएका छन् र ६३ जनाको मृत्यु भएको छ ।

थप १६ को मृत्यु

पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान  गुमाएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

देशभर गएकोे २४ घण्टामा थप तीन हजार ५ सय १७ जनामा कोरोना  भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय १४ हजार ९ सय ८९ जनाको  स्वास्थ्य परीक्षण गर्दा  दुई हजार १ सय ५६ पुरुष र एक हजार ३ सय ६१ महिलामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

अहिलेसम्म नेपालभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ सय २० पुगेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : ०६ बजे