१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा १ हजार २ सय ५७ थपिए


१५ कार्तिक २०७७, शनिबार  

0
Shares


१५ कात्तिक ०७७, काठमाडौं । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १ हजार २ सय ५७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १ हजार १ सय १३ जना, ललितपुरका १ सय ९५ र भक्तपुरका ४९ जना छन् ।
गएको २४ घण्टामा देशभर २ हजार ५सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २ सय ७९ पीसीआर परिक्षण गर्दा ९ सय ७६ महिला र १ हजा ५ सय ३२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म जम्मा संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । उनीहरुमध्ये १ लाख ३१ हजार २ सय २२ जना संक्रमणमुक्त भएका छन् भने ९ सय ३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर ३८ हजार ५ सय ८४ संक्रिय संक्रमित छन्, जसमध्ये ३१ हजार ८ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २ सय ९६ जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मोरङका १३८ जना, चितवन र कास्कीका १०९र१०९ जना, झापा र सुनसरीका ७६र७६ जना, रुपन्देहीका ७५, काभेका ७४, दाङका ४६, नुवाकोटका ३९, बाँकेका ३५, रौतहट र तनहुँका २७र२७ जना, दोलखाका २२, बाराका २१, सप्तरीका २०, धनुषाका १८, बर्दियाका १७, बाग्लुङ र नवलपरासीका १६र१६ जना, बझाङका १४, खोटाङका १३ तथा रसुवा र कपिलवस्तुका ११र११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपुरका १० जना, सिराहा, सिन्धुपाल्चोक र दैलेखका ९र९ जना, धादिङका ८, सर्लाही, गोरखा र स्याङ्जाका ७र७ जना, अछामका ६, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलाका ५र५ जना, इलामका ४, भोजपुर, रामेछाप, लमजुङ, गुल्मी, प्युठान, सुर्खेत, डडेलधुरा र डोटीका ३र३ जना, उदयपुर, सिन्धुली, पर्वत, कञ्चनपुर र कैलालीका २र२ जना तथा ओखलढुंगा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानका १र१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ६ : २५ बजे