११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्णेश्वर नगरपालिकाले विकाश पत्रकारिता प्रवद्र्धन गर्ने


१७ कार्तिक २०७७, सोमबार  

0
Shares


१७ कात्तिक ०७७, काठमाडौं ।  गोकर्णेश्वर नगरपालिकाले विकाश पत्रकारितालाई प्रवद्र्धन गर्न आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई जनतासमक्ष सहजरुपमा पु¥याउनका लागि रेडियो स्टेशन स्थापना गर्ने उल्लेख छ ।
सूचनामैत्री नगरपालिका निर्माणका लागि धार्मिक, सांस्कृतिक तथा अन्य गतिविधिको प्रचार गर्ने नीति लिएकाले नगरका सबै वडामा निःशुल्क वाइफाइ सेवा विस्तार गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।
स्थानीय पत्रपत्रिका तथा सञ्चारमाध्यमको क्षमता वृद्धिका लागि विकास पत्रकारिता तालीम सञ्चालन गर्ने योजना बनाएको नगरपालिकाले एकीकृत नगर सूचना केन्द्र निर्माण गर्ने योजना पनि अगाडि सारेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १ : २३ बजे