१७ कात्तिक ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका(१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले एटिएम फोड्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
प्रहरीले एटिएम फोड्ने युवकको नाम गोप्य राखेको छ । भने यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
१७ कार्तिक २०७७, सोमबार
0
Shares
प्रतिक्रिया