११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मंगलबजारको कोणसभामा फरार सावित्रा अधिकारी पक्राउ


१७ कार्तिक २०७७, सोमबार  

0
Shares


१७ कात्तिक ०७७, ललितपुर । हातहतियार तथा खरखजना र विष्फोटक पदार्थ सम्बन्धी कसुरका फरार अभियुक्त काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ बस्ने जाजरकोट छेडागाड नगरपालिका ९ घर भएका ३५ वर्षीया विदुषी उर्फ साबित्रा अधिकारी भन्ने सबिता अधिकारी (रेग्मी) लाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका १२ मंगलबजार भिमसेन मन्दिर नजिकै कोणसभा गरिरहेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उनी उपर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : ०० बजे