८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फोटोपत्रकार वन्तकोे म्यूजिक भिडियो सार्वजनिक


२१ कार्तिक २०७७, शुक्रबार  

0
Shares


२१ कार्तिक ०७७, काठमाडौं । फोटोपत्रकार प्रदीपराज वन्तले पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो ‘ परदेशिको पिडा ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा शुक्रबार गरेका छन् ।
काठमाडौंको न्यूरोडस्थित रिभोल्भीङ रेष्टुरेन्टमा कार्यक्रमको विमोचन गरिएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि आकाश अधिकारीले फोटोपत्रकार प्रदीपले नेपाली दाजुभाईको विदेशमा भोगेको दुखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गरे । अधिकारीले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको हृदय छुनसक्ने बताएका थिए ।
रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारीत गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ । नेपालीले खाडी मुलुकमा गरेको दुःख र उनीहरुले के कसरी पसिना बगाएका छन् भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ ।
खाडीमा मात्रै नभई अदक्ष नेपालीले जहाँ गएपनि दुःख मात्रै पाउने , राम्रो तलब सुविधा नपाउने अवस्थामा गीत र श्रव्य दृश्य सामग्रीले प्रस्तुत गर्ने जर्मको गरेको छ ।
गीतकार नवराज घिमिरेद्धारा रचित परदेशीको पिडा नामक गीत गायक विनोद दनुवारले गाएका छन भने भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य दृश्य सामग्री ( भिडियो) नविनबाबु गरुङको निर्देशन तथा छायाङकन रहेको छ ।
सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गरेकी छिन् ।सम्पादन नविन निरौलाको रहेको छ । अवका दिनमा सिजन इन्टरटेन्मेन्टले विभिन्न प्रकारका म्यूजिक भिडियोहरु वनाउदै जाने तयारी गरेको छ । उक्त कार्यक्रममा सिजन मिडियाद्धारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ३९ बजे