२१ कात्तिक ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३८ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १ हजार ३०, भक्तपुरमा १ सय २१ र ललितपुरमा १ सय ८७ जना रहेका छन् ।
गएको २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको पछिक्षणपछि २ हजार ९० सय ९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ० हजार १ सय ५३ जनाको पीसीआर परीक्षण पछि १ हजार ७ सय ७६ पुरुष र १ हजार १ सय ३३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।
गएकोे २४ घण्टाभित्र ४५ सय जनालाई निको भएका छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।
प्रतिक्रिया