२३ कात्तिक ०७७, मकवानपुर ः बकैया गाउँपालिक ४ नयाँदमार बस्ने २० वर्षीय विकास वाईवाको कात्तिक २१ गते दिउँसो हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय शंकर भन्ने भीमराज भोलनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ सिमाद खोलाको बगरस्थित फुटबल चौरमा बसेर चुरोट खाइरहेका विकाससँग विवाद हुँदा भिमराजले साथमा बोकेको खुकुरी प्रहार गरी विकासको हत्या गरेका थिए । घटना पश्चात् फरार भीमराजलाई खोजी गर्ने क्रममा ललितपुर बागमती गाउँपालिका २ माल्टाका स्थानीयले शंका लागी नियन्त्रणमा लिई खबर गरे पश्चात जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय ठिंगन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
भिमराज उपर कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया