१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उधारोमै टुंगियो सुनाकोठी सडक आन्दोलन


२४ कार्तिक २०७७, सोमबार  

0
Shares


लपु संवादाता
२३ कार्तिक ०७७, सुनाकोठी : कात्तिक १६ गतेदखि निरन्तर बन्द सुनाकोठी सडक नगरपालिकासँगै सहमतीमा टुंगिएको छ । सडक कालोपत्र नगरी सडक नखुल्ने भन्दै आन्दोलित स्थानीयबासीहरुले उधारो सम्झौता गरेर आन्दोलन टुंगाएका हुन् ।
नगरपालिकाले सोमबार जारी गरेको सूचना अनुसार मंगलबारबाट सबै आन्दोलनहरु स्थगित हुनेछन् । नजिकिदै गरेको तिहार र ठेकेदार कम्पनीले काम सुरु गर्ने प्रतिवद्धतासँगै आन्दोलन तुहिएको हो ।
ललितपुर महानगरका वडाध्यक्ष वावुराजा महर्जनका अनुसार ठेकेदार कम्पनीले ढोलाहिटी र सुनाकोठी चौतारा आसपास ग्राइभेल खसालेर काम सुरु भएको छ । वडाध्यक्ष महर्जनले भने, ‘ठेकेदारले काम सुरु गरिसकेको कारण हामीले आन्दोलन रोक्न स्थानीयबासीलाई सहमत गराएका हौं । सँगै तिहार चाडमा आन्दोलन गर्दा सबैलाई मर्का पर्ने अवस्थाका पनि तत्कालका लागि आन्दोलन रोकिएको हो ।’
चार महिलाअघि पनि स्थानीयबासीले तत्काल सडक कालोपत्र गर्न माग गर्दै यसरी नै आन्दोलन गरेर उधारो सहमती गरेका थिए । तर लामो समयसम्म पनि सडक कालोपत्र भएन ।
२०७२ सालमा सैलुङ्ग कन्ट्रक्सनले ठेक्का पाएको यो सडक विस्तारका लागि सरकारले मुआव्जा र क्षतिपूर्ति उपलव्ध नगराउदा ४ बर्षे कार्यावधि गएको वर्ष काम नगरि गुज्रेको थियो । स्थानीय जनप्रतिचनिधिहरुको सक्रियतामा सडक विस्तार गर्न लामो समय लाग्ने भन्दै यथास्थितीमा कालोपत्र गर्ने मन्त्रीस्तरिय निर्णय गरेर काम सुरु भएको थियो ।
ठेचो टाहाखेल खण्ड भने कन्टेक जेभिले सवकन्ट्राक्टरको रुपमा लालीगुराँस कन्ट्रक्सनलाई ठेक्का लिएर कालोपत्र गराएको थियो ।
यद्यपी कालोपत्र गरिएको सडक समेत अहिले भत्केर उस्तै भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : ११ बजे