६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थानकोटमा बसको ठक्करपछि पैदलयात्रीको मृत्यु, चालक पक्राउ


२७ कार्तिक २०७७, बिहिबार  

0
Shares


२७ कात्तिक ०७७, काठमाडौं । चन्द्रागिरी नगरपालिका ६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय नबिन लोहारलाई ठक्कर दिई फरार भएका ना.५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका ८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका ७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो काट्दै गरेका लोहारलाई ठक्कर दिँई भागेका वस चालक श्रेष्ठलाई अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको समन्वयमा काठमाडौं महानगरपालिका ३१ पेप्सीकोलाबाट बससहित सुनिललाई पक्राउ गरेको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका लोहारको ओम समाज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
श्रेष्ठलाई सवारी तथा यातातात व्यवस्था ऐन, २०४९ बमोजिम अनुसन्धान भइरहेको प्रहरी वृत्तले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ८ : ०७ बजे