१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर जिल्ला प्रशासन मंसिर ३ बाट खुल्ने


२९ कार्तिक २०७७, शनिबार  

0
Shares


२८ कात्तिक ०७७, ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले अस्थायी रुपमा बन्द गरेको कार्यालयका सेवाहरु पुनः सुचारु गर्ने भएको छ । कार्यालयले एक सूचना प्रकाशित गरी आउँदो मंसिर ३ गतेबाट नागरिकता वितरणलगायतका सेवा सुरु गर्ने भएको छ ।
गएको कात्तिक २ गतेबाट कोरोनाको जोखिम बढेको भन्दै अत्यावश्यकबाहेकका सबै सेवा अस्थायी रुपमा बन्द गरेको थियो ।
प्रशासनले नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण, पत्रपत्रिका, संघ संस्था दर्ता र नवीकरणसलगायतका सेवा मंसिर ३ गतेदेखि खुला गर्ने भएको हो ।
तर जिल्ला प्रकाशन कार्यालयमा सेवा लिदा सेवाग्राहीले बार अनुसार जानु पर्नेछ । कार्यालयका अनुसार आइतबार, सोमबार र मंगलबार ललितपुर महानगरपालिका, बुधबार महांकाल, बागमती र कोन्ज्योसोम गाउँपालिका र बिहीबार र शुक्रबार गोदाबरी र महालक्ष्मी नगरपालिकाका वासिन्दालेंंंंंंंंंंं सेवा पाउनेछन् ।
कार्यालयलेसंघसंस्था दर्ताको काम सोमबार र बुधबार, संघसंस्था नवीकरण आइतबार, मंगलबार र बिहीबार तथा पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्र गर्नेछ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : ३६ बजे