लपु संवाददाता
२९ कत्तिक ०७७, चापागाँउ । पछिल्लो समय ललितपुरको गोदावरी नगरमा दिनानुदिन कोरोना संक्रमितको संख्या थपिदै गएको छ । गोदावरी नगरपालिका का अनुसार शनिबारसम्म यस नगरपालिकामा८ सय ८ जनामा कोरोना देखिएको छ ।
न्गरपालिकाका अनुसार ४ सय ७० पुरुष र ३ सय ३८ महिलामा कोरोना संक्रमण देखिदा यो संख्यामा कोरोना संक्रमण देखिएको हो ।
न्गरपालिका भित्र देखिएका कोरोना संक्रमितमध्ये ५ सय ८० जना भने निको भइसकेका छन् । उपचाररत कोरोना संक्रमित ५ सय १७ जना छन् । ती मध्ये १२ जना मात्रै अस्पतालमा छन् भने २ सय ५ जना घरमै आइसुलेसनमा बसिरहेका छन् ।
न्गरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिलेसम्म नगरपालिकाभित्र ११ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ ।
प्रतिक्रिया