१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरद्वारा आगलागी अध्ययन समिति गठन


३० कार्तिक २०७७, आइतबार  

0
Shares

फाइल तस्विर

३० कात्तिक ०७७, पुल्चोक । ललितपुर महानगरपालिकाले आगलागीबारे अध्ययन समिति गठन गरेको छ । महानगरपालिका फोहोरमैला व्यवस्थापन केन्द्रमा गतशुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन समिति गठन गरेको हो ।
महानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा अध्ययन समिति गठन भएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । महर्जनले भने, “आगलागी भएको एक सातामा अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छु । यस समितिले आगलागी हुनुको कारण, क्षति र अब यस्तो घटना नदोरिहन अपनाउनुपर्ने सुरक्षात्मक उपायसमेत प्रतिवेदनमा उल्लेख गर्ने छ ।”
केन्द्रका प्रमुख सुरेन्द्रराज अवालेले आगलागी शुरु भएको एक घण्टामा आगो नियन्त्रण भएको भनाइ राखे । अवालेले भने, “चाडपर्व परेका बेला अन्य समयभन्दा बढी फोहोर सङ्कलन हुन्छ र भइपनि रहेको छ ।” सिसडोल ल्याडफिल्ड साइटमा फोहोर पु¥याउनु अघि महानगरपालिकाका फोहोर निरन्तर उठिरहेको अवालेले बताए ।समितिमा महानगरपालिकाका प्रवक्ता राजु महर्जन, नं ८ का वडाध्यक्ष हेम महर्जन, फोहोरमैला केन्द्रका प्रमुख सुरेन्द्रराज अवाले, मेकानिकल इन्जिनीयर पुष्कर भट्टराई रहेका बताइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  २ : ४५ बजे