११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खड्ग पाय ः जात्रा पुस्तक विमोचित


३० कार्तिक २०७७, आइतबार  

0
Shares


३० कात्तिक ०७७,ललितपुर । पत्रकार प्रशान्त मालीद्वारा लिखित पुस्तक ‘खड्ग पाय ः जात्रा’को आज विमोचन गरिएको छ ।
प्रतिनिधिसभाका सदस्य कृष्णलाल महर्जन, वाग्मती प्रदेशसभाका सदस्य शोभा शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले आज ललितपुरमा आयोजित कार्यक्रममा पुस्तकको वमोचन गरेका हुन् । परापूर्वकालदेखिको खड्ग पायः जात्रा २०५२ सालमा बन्द भएको थियो । तेइस वर्षपछि उक्त जात्रा २०७५ सालमा पुनः मनाउन थालिएको हो । लामो समय बन्द रहेको जात्रा पुनः सञ्चालनमा भएको कठिनाइ तथा उक्त जात्राको महत्वको बारेमा पुस्तक केन्द्रित छ ।
पत्रकार मालीले ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा सात वर्ष लगाएर पुस्तक प्रकाशन गरेको जानकारी दिए ।
पाया ः जात्रा सत्ययुगमा महादुर्गा भवानीले महिषशुरको बध गरी मानव जातिलाई दानवको कुकृत्यबाट मुक्त दिलाएको विजयोत्सवका रुपमा मनाइएको विश्वास गरिँदै आएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १० : ३८ बजे