११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपामा कोरोनाबाट तीन जनाको मृत्यु


१ मंसिर २०७७, सोमबार  

0
Shares

१ मंसिर ०७७,काभ्रे । बनेपामा कोरोना भाइरस(कोभिड–१९)को सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् । उनीहरुको अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । हालसम्ममा जिल्लामा कोरोना सङ्क्रमणबाट ३२ पुरुष र १३ महिला गरी ४५ जनाको मृत्यु भएको छ । ती मध्ये १४ जना अन्य जिल्लाका रहेका छन् ।
आज मात्रै जिल्लाबाट २० जना सङ्क्रमणबाट मुक्त भइ घर फर्किएका छन् । यसैगरी विभिन्न स्थानमा गरी ११ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामा बनेपा नगरपालिकामा ६, धुलिखेल नगरपालिकामा १ , पनौती नगरपालिकामा २ र नमोबुद्ध नगरपालिकामा २ जना रहेका छन् । हालसम्ममा जिल्लामा दुई हजार २ सय ४३ जनामा सङ्क्रमण देखिएकोमा एक हजार ७०३ जना निको भइसकेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ५ सय ९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ७ : २६ बजे