ललितपुर खबर फोटोग्राफी
४ मंसिर ०७७, ललितपुर । ललितपुरको लगनखेलस्थित भेटेनरी अस्पतालको हल बुधबार खचाखच थियो । कृषि क्षेत्रका जिम्मेवार अनुसार हलमा देख्न सकिन्थ्यो ।
यो हलमा अरु केही नभएर कौशी खेतीका उत्कृष्ट तस्विर विजेताको घोषणा र पुरस्कार वितरणको थियो । कार्यक्रममा विजेता ७ जना महिलाहरु कौशी खेतीको सुन्दर तस्विर खिचेर प्रतियोगितामा जिते वापत शिरमा क्राउन लगाएर मुस्कुराइरहेका थिए ।
राजधानीलगायत वागमती प्रदेशभर कौशीमा गरिएको खेतीपातीको तस्विर प्रतियोगिताका विजेताहरु पुरस्कारसँगै शिरमा ताज पहिरिरहेका थिए ।
कार्यक्रमकी उत्कृष्ट तस्विरको ताज पहिरिएकी भगवती श्रेष्ठ १६ बर्षदेखि कौसी खेतीमा लागिरहेको बताइन् ।
विजेता नम्रता पाण्डेले कौसी खेती गर्न मिल्ने घर निर्माण गरेको बताइन् । उनले भनिन्, ‘कौशी खेती मेरो शौख हो । खेती खगर्ने किसानले यसरी पुरस्कार पाउछु भन्ने सपनामा पनि सोचोको थिइन ।’
कार्यक्रम आयोजक प्रज्ञान क्रियसनका प्रमुख मनोज श्रेष्ठले कृषिमा ग्लामर नभित्रेसम्म कृषीका कसैको आर्कशण नहुने र यस क्षेत्रको विकाश नहुने देखेर कौशी खेतीको उत्कृष्ट तस्विर खिच्नेलाई क्राउन लगाएर सम्मान गरेको बताए ।
उनले भने, ‘तस्विर प्रतियोगितामा सबै जना कौशी खेतीमा लाग्नेहरु नै भाग लिएका छन् । हामीले कौशीमा कृषि कर्म गर्नेलाई क्राउन लगाइदिनौं ।’
प्रतिक्रिया