११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको लुभुमा विद्युत् अवरुद्ध


४ मंसिर २०७७, बिहिबार  

0
Shares


४ मंसिर ०७७,लुभु । ललितपुरको लुभु क्षेत्रमा शुक्रबार विहान विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण ललितपुरका अनुसार शुक्रबार विहान १०.१५ बजेदेखि ११। १५ बजेसम्म यो क्षेत्रमा विजुली आउदैन ।
सडक डिभिजन ललितपुरले कोट्कुखोला पुल वालकुमारी वालकोट सडक तर्फ पाइप जग निर्माणको क्रममा विद्युत्को लाइन छुने हुँदा यस क्षेत्रमा विद्युत् अवरुद्ध हुन लागेको हो ।
शुक्रबार लुभु क्षेत्र अन्र्तगत गौरी शंकर वरिपरी,बोझ पोखरी उत्तर,बाक्लागाँउ, भगवती मन्दिर वरिपरि, हनुमन्ते करिडोर टिकाथली पट्टीमा विजुली आउनेछैन ।
यो क्षेत्रमा गएको विहीबार १ बजेदेखि केही समय विजुली काटिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ४ : ३३ बजे