लपु संवाददाता
५ मंसिर ०७७, झरुवाराशी । गोदावरी नगरपालिका १३ की महिला कर्मचारीलाई कोरोन संक्रमण पुष्टि भएपछि नगरपालिकाको वडा कार्यालय बन्द गरिको छ ।
वडाध्यक्ष भाष्कर थापाले ५ दिनका लागि कार्यालय बन्द गरिएको पुष्टि गरे ।
ती महिलालाई कोरोनाको आशंकामा परिक्षण गरिएको थियो । उनका श्रीमान्लाई कारोना संक्रमण भएको थियो । तिहारको समयमा घर विदामा रहेकी उनलाई पनि कोरोना संक्रमणको आशंका रहेको कार्यालयका एक सहपाठी ललितपुर खबरलाई बताए ।
अव वडा कार्यालय मंगलबार मात्रै खुल्नेछ ।
५ मंसिर २०७७, शुक्रबार
0
Shares
प्रतिक्रिया