७ मंसिर ०७७, ललितपुर । दक्षिण पुर्वी ललितपुरको कोञ्ज्योसोम गाँउपालिका कोरोनामुक्त भएको छ । कोञ्ज्योसोम गत शुक्रबारदेखि कोरोनामुक्त गाउँपालिकाका भएको स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतले बताए । यसअघि कोञ्ज्योसोमका १४ जनालाई कोरोना भएको थियो ।
गाउँपालिकाका हालसम्म एक व्यक्तिको पनि मृत्यु भएको छैन ।
महाङ्कालमा कोरोना सङ्क्रमित सङ्ख्या १७ पुगेको छ । ती मध्ये १५ डिस्चार्ज भइसकेका गाउँपालिकाले जनाएको छ ।
दक्षिण ललितपुरको महाकाल गाँउपालिका र कोज्योसोम गाँउपालिकामा अहिलेसम्म कसैको पनि कोरोना संक्रमणका कारण निधन भएको छैन ।
प्रतिक्रिया