२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु, एक घाइते


८ मंसिर २०७७, सोमबार  

0
Shares

फाइल तस्विर

८ मंसिर ०७७,पोखरा । प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा आज एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ अवतरणको क्रममा आज दुर्घटना हुँदा पाइलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका पोखरा–२८ घर भई हाल लेकसाइड बस्ने पाइलट नेपालीको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।
उनका अनुसार घटनामा घाइते प्याराग्लाइडिङमा सवार काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ का २८ वर्षीया शिला श्रेष्ठको अवस्था गम्भीर रहेको छ । फेवाताल किनारस्थित क्याम्प चोकमा अवतरण गर्ने स्थानभन्दा करीब एक दशमलव दुई किलोमिटर टाढा प्याराग्लाइडिङ दर्घटनामा परेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रनाउ रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।