ललितपुर खबर संवाददाता
८ मंसिर ०७७, चापागाँउ । ललितपुरभर सोमबार १ सय ८८ जना कोरोना भाइरसबाट संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय ललितपुका अनुसार सोमबार ललितपुर माहानगरपालिकामा ५१ जना महिला र ७४ जना पुरुष सहित १ सय २५ जना संक्रमित फेला परे । यो संख्या अन्य पालिकाभन्दा धेरै हो ।
दोश्रो धेरै संक्रमित सोमबार महालक्ष्मी नगरमा भेटिए । यहाँ १९ जना महिला र २० जना पुरुष सहित ३९ जना संक्रमित फेला परेका थिए ।
गोदावरी नगरमा १ महिला र ५ पुरुषमा संक्रमण देखियो । दक्षिण ललितपुरको ३ गाँउपालिकामध्ये महाँकाल गाँउपालिकामा १ महिलालाई संक्रमण देखिएको छ भने पुरुष संक्रमितको संख्या शुन्य छ ।
प्रतिक्रिया