१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा अहिलेसम्म कोरोना संक्रमणबाट १ सय ३३ को निधन


९ मंसिर २०७७, मंगलबार  

0
Shares


ललितपुर खबर संवाददाता
९ मंसिर ०७७, पाटन । ललितपुरमा मंगलबारसम्म १ सय ३३ जनाको निधन भइसकेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार जम्मा १२ हजार २ सय ८ जना संक्रमितमध्येबाट १ सय ३३ जनाको निधन भइसकेको कार्यालयले जानकारी दिएको छ ।
१२ हजार २ सय ८ मध्ये १० हजार १ सउय ७६ जना कोरोना मुक्त भइसकोका छन् भने ललितपुरमा अहिले संक्रिय संक्रमित १ हजार ८ सय ९९ जना छन् ।
मंगलबार ललितपुर जिल्लाभर १ सय ९४ जनामा कोरोना संक्रमणा फेला परेको छ । ८५ महिला र १ सय ९ पुरुषमा कोरोना भेटिएसँगै यो संख्या निस्केको स्वास्थ्य कार्यालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्येख छ ।
ललितपुरका पालिकाहरुमा धेरै संक्रमित भेटिनेमा ललितपुर महानगर अगाडि छ । मंगलबार ६३ महिला र ६७ पुरुष सहित महानगरमा १ सय ३० संक्रमित भेटिए ।
महालक्ष्मी नगरमा १६ महिला र ३१ पुरुष सहित ४७ जना संक्रमित फेला परे भने गोदावरी नगरमा ६ महिला र ८ पुरुषसहित १४ संक्रमित भेटिए ।
माहाँकाल गाउपालिका र कोञ्ज्योसोम गाँउपलिकामा क्रमशः १ पुरुष र २ पुरुष भेटिएका छन् ।
यो तथ्याङ्क
स्वास्थ्य कार्यालयले मंगलबार रातको ८ बजे सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ४१ बजे