६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरमा १ सय २१ कोरोना संक्रमित, गोदावरीमा बढ्यो कोरोना संक्रमित


१३ मंसिर २०७७, शनिबार  

0
Shares


१३ मंसिर ०७७, ललितपुर । ललितपुरमा शनिबार १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । ४८ जना महिला र ७३ जना पुरुषमा कोरोना संक्रमण देखिएसँगै १ सय २१ जनामा कोरोना देखिएको हो ।
ललितपुरमा थपिएको कोरोनाको संख्यामध्ये ललितपुर महानगरपालिकामा ३५ महिला र ४६ जना पुरुष सहित ८१ जना छन् ।
महालक्ष्मी नगरमा ४ महिला र १० पुरुष सहित १४ जनामा कोरोना भेटिएको स्वास्थ्य कार्यालय ललितपुरद्वारा सार्वजनिक डाटामा जनाइएको छ । यस पल्ट गोदावरी नगरमा भने संक्रमितको संख्या ह्वात्तै बढेर ९ महिला र १७ पुरुष सहित २६ जनामा कोरोना देखिएको छ ।
अहिलेसम्म कोरोना संक्रमणपछि १ सय ३७ जनाको ज्यान गइसकेको छ । १२ हजार ७ सय ३० जनालाई कोरोना लािग सकेको छ भने १० हजार ७ सय ७९ जना कोरोना निको भइसके ।
अहिलेसम्म यो जिल्लामा १८ सय १४ जना कोरोना निको हुन बाँकी छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : १९ बजे