११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीमा १ हजार १० जनालाई कोरोना, १६ को मृत्यु


१४ मंसिर २०७७, आइतबार  

0
Shares

ललितपुर खबर

१४ मंसिर ०७७, चापागाँउ । गोदावरी नगरपालिकामा अहिलेसम्म १ हजार १० जनालाई कोरोना संक्रमण भएको छ ।

नगरपालिकाका अनुसार ४ सय ८२ पुरुष र ४ सय २८ महिलालाई कोरोना संक्रमणा देखिएपछि यो संख्यामा कोरोना संक्रमण फेला परेको हो । २०७६ चैत्र १० गते नेपालमा दोश्रो पल्ट एक महिलालाई कोरोना संक्रमण फेला परेपछि फैलिएको कोरोना ललितपुरको गोदावरीमा पनि फैलिएको हो । ललितपुरमा ललितपुर महानगर र महालक्ष्मी नगरपालिका पछि धेरै कोरोना देखिने नगरमा गोदावरी पर्छ ।

अहिलेसम्म यस नगरमा ८ सय २७ जनालाई कोरोना निको भइसकेको छ । भने कोरोना संक्रमणपछि १६ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म कोरोना लागेर विरामी भए०काहरु १ सय ६७ जना छन् । १ सय ५४ जना घरमै आइसोलेसनमा छन् भने १३ जना विभिन्न अस्पतालमा उपचार गरिरहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १ : ३१ बजे