११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका नापित भक्तपुरमा प्रहरीमाथि हातपातपछि पक्राउ


१४ मंसिर २०७७, आइतबार  

0
Shares


१४ मंसिर ०७७,भक्तपुर। चाँगुनारायण नगरपालिका ४ न्याचोपौवास्थित ड्युटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका १३ बस्ने २३ वर्षीय सुलभ नापितलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिना कागजपत्र बा.४० प ५६७० र प्रदेश ३९०२९००३ प ७०८३ नम्बरको मोटरसाइकलमा सवार नापित समेतका ४ जनालाई प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले ड्युटीमा खटिएका प्रहरीसँग विवाद गर्नुका साथै हातपात गरी अभद्र व्यवहार गरेपछि संलग्नमध्ये नापितलाई प्रहरीले पक्राउ गरी अन्य ३ जनाको खोजी गरिरहेको छ । साथै प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १ : ५४ बजे