११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनमा आइतबार राती बत्ती निभेपछि


१५ मंसिर २०७७, सोमबार  

0
Shares


ललितपुर खबर
१५ मंसिर ०७७, पाटन । आइतबार राती नौ बज पाटनको केही ठाँउमो झ्याप्प बत्ती निभ्यो । अन्धकार समयमा निभेको बत्ती घण्टौंसम्म आएन । विहान उज्यालो भएपछि मात्रै बत्ती बल्यो ।
नेपाल विद्युत प्राधिकरण ललितपुरका अनुसार मेलाम्ची खानेपानीको पाइप विस्तारका लागि काटिएकाले बत्ती नआएको जानकारी दिएको छ । विद्युत प्राधिकरणका अनुसार पाटन क्षेत्रमा विद्युत प्राधिकरणको लाइन अण्डरग्राउण्ड गरेकोले मेलाम्ची खानेपानीको पाइप विस्तार गर्न समस्या भएपछि विद्युत अवरुद्ध भयो ।
आइतबार राती पाटनका सबै ठाँउमा बत्ती निभेको थिएन । कुपण्डोल फिडर अन्र्तगत बंगलमुखी मन्दिर छेउ बत्ती काटिएको थियो । बंगलामुखी, पाटन दरवारआसपास, गावाहाल, पुल्चोकलगायतका क्षेत्र मात्रै बत्ती अवरुद्ध थियो ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ७ : १६ बजे