११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रगतको चरम अभावपछि कुसुन्तीमा रक्तदान


१५ मंसिर २०७७, सोमबार  

0
Shares


१५ मंसिर ०७७, कुसुन्ती , ललितपुर । केही दिनदेखि रगतको चरम अभाव भएपछि ललितपुर १४ वडा कार्यालय कुसुन्तीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लव अफ काठमाडौं सुप्रण, एलसिके ओम बुद्ध,एलसिके महराजगञ्ज,सामुदायिक प्रहरी नखिपोट टोल सुधार समिती, र ललितपुर महानगरपालिका १४ ले रक्तदान कार्यक्रममा आयोजना गरेको हो ।
पछिल्लो समय देशभर रगत अभाव भएपछि यस कार्यक्रमको आयोजना गरिएको उद्यमशिल महिला निक्कि महर्जनले बताइन् । उनका अनुसार सर्वसाधारणलाई आपत पर्दा रगत सझिलै उपलव्ध होस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : २९ बजे