६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सोमबार एक हजार ४ सय ७४ जनामा कोरोना सङ्क्रमण


१५ मंसिर २०७७, सोमबार  

0
Shares


१५ मंसिर ०७७, काठमाडौं । गएको २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परिक्षणपछि एक हजार ४७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा एक हजार ९ सय ३१ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख १४ हजार ५ सय २१ पुगेको छ । नेपालका हालसम्म दुई लाख ३३ हजार ४ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म मुलुकभर १७ हजार ४ सय २३ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ भने नेपालमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५ सय ८ रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ७ : ४९ बजे