११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डाक्टरको आत्महत्याको तयारीसँगै पुग्यो प्रहरी


१७ मंसिर २०७७, बुधबार  

0
Shares

१७ मंसिर ०७७, ललितपुर । माहालक्ष्मी नगरमा आत्महत्याको तयारीमा रहेका डाक्टरलाई प्रहरीले उद्धार गरेर ज्यान बचाएको छ ।
मंगलबार मध्यरातमा विभिन्न औषधिहरु एकै पल्ट खाएर डेरामा छ्पटाएको अवस्थामा ललितपुर प्रहरी टोलीले उद्धार गरेर इमाडोलस्थित किष्ट अस्पताल पु¥याएको थियो । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य अवस्थामा आइसकोको छ ।
प्रहरी व्यक्तिगत सामाजिक सुरक्षाका कारण नाम भने खुलाएको छैन ।
प्रहरीले ’सुसाइड’ गर्न लागेका एक डाक्टरलाई उद्धार गरेको छ । आत्महत्याका लागि विभिन्न थरिका औषधी ओभरडोज सेवन गरेर छटपटाई रहेका ती डाक्टरलाई मंगलबार मध्यराती उद्वार गरेको हो । उनको इमाडोलमा रहेको किष्ट मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी निरीक्षक विजय तिमल्सेनाको टोलीले एक महिलाले टेलिफोनबाट सूचना दिनासाथ खटिएको थियो । उनी एक महिलासँग एकाहोरो प्रेममा थिए ।
सामाजिक सञ्जालमार्फत आफ्ना साथीहरुलाई सूचना दिएरै आत्महत्याको प्रयास गरेको सूचना प्राप्त भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १० : ५५ बजे