८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


बबाल वल्थलीका मनोरम दृश्यहरु


१८ मंसिर २०७७, बिहिबार  

0
Shares


१८ मंसिर ०७७, काभ्रे । बल्थली ः प्रकृति प्रमीहरुका लागि एउटा परिचित नाम होे । काठमाडौं उपत्यकाबाट दक्षिण पर्वी काभ्रेमा अवस्थित बल्थलीमा गाँउले परिभेष देख्न सकिन्छ ।

यहाँबाट हिमाल देखिन्छ । पहाडका थुम्काहरु देखिन्छन् । स–साना थुम्कामुनि कपास झैं हुस्सुले ढाक्दा धर्ति र आकाश मनोरम लाग्छ ।
बल्थलीमा परम्परागत घरहरु,डाँडापाखा,झरना र तरेली परेका खेतका आलीहरु छन् । यहाँबाट हिमाल देखिन्छ ।
यहाँ बस्न र खान रिसोर्टहरु छन् ।


बल्थलीका तरेली परेका फाँटमा हरेक विहान कपास झैं तुवालो डुल्छन् । परम्परागत गाँउले जीवनशैली, स–साना खोला खोल्सी, पधेरा र पुल पुलेसा डुल्दा रमाइलो हुन्छ ।
बल्थलीबाट खोपासी रमाइलो देखिन्छ । सूर्योदय र सूर्यास्त हेर्ने जोडी पनि बल्थली पुग्छन् ।

 

 


कसरी जाने ?
बल्थली काठमाडौंबाट ५० किलोमिटर दुरीमा छ । यहाँ पुग्न काठमाडौंबाट देशका पुर्वी जिल्लाहरुमा जाने बसहरु चढेर बनेपा सम्म सझिलै जान सकिन्छ । बनेपा बसपार्कबाट पनौती खोपासी जाने बस पाइन्छन् । काठमाडौंबाटै खोपासी जाने बस समेत पाइन्छ ।

 


खोपासी बजारबाट २० मिनेट हिडेपछि मात्रै बल्थली पुगिन्छ । बजारबाट पुर्वी दिशातर्फ जाँदा बल्थली पुगिन्छ । यहाँ जान सझिलो मोटर चल्ने बाटो छ । तर सडक कच्ची छ ।
आफ्नै सवारीसाधन हुनेलाई बल्थली जान कुनै शनिबार कुर्नु पर्दैन । शनिबार यहाँका रिर्सोटहरुमा कोठा नपाइन पनि सक्छ । रिर्जभ गरेर जाँदा राम्रो । बाटो सझिलो छ। विहान जाने हो भने दिनभर घुमेर पनि फर्कन सकिन्छ । तर लामो यात्रा गर्दा थकाई पक्कै लाग्ला । तस्विर ः बल्थली रिर्सोट

    

 

 

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ८ : ४६ बजे