१९ मंसिर ०७७, ललितपुर । शुक्रबार ललितपुरमा १ सय २९ नजा नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिकामा ४३ जना महिला र ४१ जना पुरुषासहित ८४ जना संक्रमित फेला परे । महानगरमा फेला परेको संक्रमितको यो तथ्याङ्क विहीबार भन्दा धेरै हो ।
महालक्ष्मी नगरमा जम्मा २७ जना संक्रमित फेला परेका छन् । १४ जना महिला र १३ जना पुरुषमा कोरोना संक्रमण फेला परेपछि उत्तरपुर्वी ललितपुरको महालक्ष्मी नगरमा २७ जना कोरोना संक्रमित पुगेका हुन् ।
गोदावरी नगरमा शुक्रबार ७ जना महिलार १० जनामा कोरोना संक्रमण भेटिएसँगै १७ जना संक्रमित पुगेका छन् ।
शुक्रबार नै दक्षिण ललितपुरमा समेत कोरोना भेटिएको छ । दक्षिण पश्चिम ललितपुरको वागमती गाँउपालिकामा शुक्रबार १ जना पुरुषलाई समेत कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्येख छ ।
ललितपुरमा अहिलेसम्म जम्मा कोरोना संक्रमित १३ हजार ३ सय ५३ जना पुगेका छन् । ती मध्यृ ११ हजार ५ सय ५९ जना कोरोनामुक्त भइसके भने १ हजार ६ सय ५१ जना अझैं कोरोनाका विरामी स्वास्थ्यलाभ गर्ने क्रममा छन् ।
यस जिल्लामा १ सय ४३ जनाको संक्रमणपछि मृत्यु भइसकेको छ ।
१९ मंसिर २०७७, शुक्रबार
0
Shares
प्रतिक्रिया