१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउको टाहाखेल अब पार्किङ्ग निषेधित क्षेत्र


२० मंसिर २०७७, शनिबार  

0
Shares

चापागाँउ टाहाखेलमा शुक्रबार गाडिएको नो पाकिङ्गको बोर्ड । तस्विर : ललितपुर खबर

ललितपुर खबर
२० मंसिर ०७७, चापागाँउ । चापागाँउ टाहाखेल सडकमा नो पाकिङ्ग क्षेत्र बनाइएको छ । शुक्रबारबाट प्याङ्गगाँउ वसपार्कदेखि टाहाखेल चौतारासम्म नो पार्किङ्ग क्षेत्र बनाइएको गोदावरी १० का वडाध्यक्ष दर्शन विष्टले जानकारी दिएका छन् ।
यस क्षेत्रमा शुक्रबार दर्जन भन्दा धेरै ट्राफिक चिन्ह अंकित बोर्ड राखिएको छ ।
गोदावरी नगरपालिका र ट्राफिक प्रहरी मिलेर सवारी साधनलाई ओहोर दोहोर गर्न सहज बनाउन पार्किङ्ग निषेधित क्षेत्र बनाइएको वडाध्यक्ष दर्शन विष्टले बताए ।
वडाध्यक्ष दर्शन विष्टका अनुसार लामो समय पार्किङ्ग गरेर सवारी आवागमनमा बाधा पु¥याउने सवारीलाई ह्वील लक लगाउने र ट्राफिक कारवाही गर्ने जानकारी दिए ।
यस क्षेत्रमा सञ्चालनमा आएका निर्माण सामाग्री र होलसेल पसल धेरै छन् । सडकमै राखेर सामान लोड अनलोड गर्ने हुँदा अन्य सवारीलाई आवागमनमा बाधा पुगेको छ ।
लेले नल्लु क्षेत्रबाट ढुंगा रोडा बोकेर आउने सवारी पनि यस ठाँउमा पार्किङ्ग हुने गरेको छ ।

 

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ३३ बजे