१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज पहाडी भेगमा वर्षाको सम्भावना


२० मंसिर २०७७, शनिबार  

0
Shares


२० मंसिर ०७७, काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए ।
अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली रही र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली भई ती तीनवटै प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री र अधिकतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १२ : ११ बजे