४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बहराइन सरकारले दियो कोरोना भाइरसविरुद्ध खोप लगाउने अनुमती


२० मंसिर २०७७, शनिबार  

0
Shares


२० मङ्सिर ०७७, दुवाई (रासस÷एपी) ः कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो ।
बहराइनको राज्यद्धारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्विकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ । यसअघि बुधबार बेलायतले यही खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिएको थियो ।
देशको राष्ट्रिय स्वास्थ्य नियमक निकायले सवै कुरा अध्ययन गरेर यसलाई आपत्कालिन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्विकृति दिएको हो ।
प्रयोगका लागि स्विकृति दिएपनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिने छ भन्ने बारेमा भने केही जानकारी दिइएको छैन ।
फिजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिले कहिले ढुवानी हुने हो भन्नेलगायतका जानकारी दिन नमिल्ने र आफ्नो तर्फबाट गोप्य नै राखिने जनाएको छ ।
झण्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराईनमा अहिलेसम्म कोरोनाभाइरसबाट ८७ हजार जना सङ्क्रमित भएका छन् भने ३ सय ४१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : २० बजे