८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शनिबार ललितपुरमा ६२ जनामा कोरोना संक्रमण


२० मंसिर २०७७, शनिबार  

0
Shares

२० मंसिर ०७७, पाटन । ललितपुरभर शनिबार ६३ जनामा मात्रै कोरोना भेटिएको छ । ३६ जना महिला र २६ जना पुरुषमा कोरोना संक्रमण भेटिएसँगै ललितपुरमा ६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २९ जना महिला र १९ जना पुरुषमा गरेर ललितपुर महानगरमा जम्म ४८ जनामा कोरोना संक्रमण फेला परेको छ ।
माहालक्ष्मी नगरमा महिला र पुरुष ५÷५ जना मात्रै भेटिएका छन् । भने गोदावरी नगरमा पनि महिला पुरुषको संख्या समान २ हरेको छ ।
अहिलेसम्म १३ हजार ४ सय १५ जनामा कोरोना संक्रमण भइसकेको ललितपुरमा ११ हजार ६ सय ७२ जना कोरोना लागेर निको भइसकेका छन् ।
अहिले यस जिल्लामा जना कोरोना निको हुन बाँकी छन् । १ सय ४४जनाको कोरोना संक्रमणपछि निधन भइसकेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ०१ बजे