८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मिस नेपाल २०२० बनिन् नम्रता


२० मंसिर २०७७, शनिबार  

0
Shares

नयाँ मिस नेपाल वल्ड २०२० विजेता नम्रता श्रेष्ठलाई क्राउन लागाइ दिंदै पूर्व मिस नेपाल अनुस्का श्रेष्ठ । तस्वीरः प्रदीपराज वन्त/ रासस

२० मंसिर ०७७, काठमाडौं ।  मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन् । हिडेन ट्रेजरले आज(शनिबार) आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरेकी हन् ।
उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहि¥याएकी थिइन् । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन् ।
मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छिन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनछिन् । प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाएकीछिन् । उनीहरु तीनै जनाले नगद रु दुई लाख ५० हजार पाएका छन् ।

नयाँ मिस नेपाल वल्ड २०२० विजेता नम्रता श्रेष्ठ, मिस नेपाल सुपरनेशनल सिमल कान्यूजिया मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्मा र मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ विजेता घोषणापछि । तस्वीरः प्रदीपराज वन्त/रासस

नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राणा हुन् । आज गरिएको प्रतियोगिता २५औँ हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन ।
हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताए । उनले तीन हप्ताको भर्चुअल तालीम र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगीलाई तालीम प्रदान गरिएको जानकारी दिए । प्रतियोगितामा २ सय ५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो ।
प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ३१ बजे