४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रूसमा कोरोनाविरुद्ध खोप अभियान सुरु


२१ मंसिर २०७७, आइतबार  

0
Shares

गतमार्च १६ मा खोप लगाउँदै वर्षीया जेनिफर। तस्बिरः एपी

२१ मंसिर ०७७, मस्को । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत कोरोना भाइरसको उच्च जोखिममा रहेका स्थानीयहरुलाई कोरोनाविरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ ।
कोरोना विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुत्निक–५ खोपको प्रयोग भइरहेको छ ।
खोप विकासमा संलग्न अधिकारीहरूले खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै ठूलो नकारात्मक प्रभाव नदेखिएको बताएका छन ।
खोपको रूसलगायतका स्थानमा सामूहिक परीक्षण तथा अनुसन्धान भइरहेको छ । दुई पटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणहरूले आफ्नो नाम दर्ता भएका छन् ।
मस्को नगरप्रमुख सर्गे सोब्यानिनका अनुसार एक करोड ३० लाख जनसङ्ख्या रहेको मस्कोमा विद्यालय, स्वास्थ्य क्षेत्र र सामाजिक कार्यमा संलग्न मानिसहरूलाई प्राथमिकतामा राखी खोप सेवा उपलब्ध गराइराखिएको छ ।
पछिल्लो ३० दिनमा कुनै सुई लगाएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई खोप नदिइने उनले बताए । उनले दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोपको प्रारम्भिक अभियानमा सम्लग्नलाई भने नगराइने बताइएको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ७ : ४० बजे