८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शेयर बजारको आकार २७ खर्ब


२२ मंसिर २०७७, सोमबार  

0
Shares


२२ मंसिर ०७७, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार शेयर बजारको आकार झण्डै रु २७ खर्ब बराबरको भएको छ । शेयर बजारमा बजार पूँजीकरणको ठूलो महत्व रहन्छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोबार पछि कूल बजार पूँजीकरण रु २६ खर्ब ८६ अर्ब ६१ करोड ८० लाख बराबर पुगेको छ । नेपाल दूरसञ्चार कम्पनी र नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा अगाडि रहेका छन् । दूरसञ्चार कम्पनीको रु एक खर्ब ८२ अर्ब ५० करोड बराबरको बजार पूँजीकरण पुगेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको रु एक खर्ब ६३ अर्ब बराबरको बजार पूँजीकरण पुगेको छ । कारोबार मापक नेप्से आज ७२.२८ विन्दुले उकालो लागेर पुनः दुई हजार विन्दुमाथि पुगेको छ । आजको वृद्धि पछि नेप्से २ हजार ४.३९ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.१० विन्दुले उकालो लागेर ३ सय ८२.७७ मा पुगेको छ । कूल २ सय ६ कम्पनीको एक करोड १९ लाख २० हजार ८१९ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८ सय ३१ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार आज (आइतबार) कारोबार भएका १२ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३१.९१, व्यापार १ सय ३०.९, होटल ६०.०६, विकास बैंक ४३.२५, जलविद्युत् ९८.४७, वित्त २०.८५, निर्जीवन बीमा ४ सय ५.५४, उत्पादन २ सय २४.७७, अन्य ८०.५, लघुवित्त १ सय २७.५५, जीवन बीमा ६ सय ९८.८१ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ । कारोबारका आधारमा आज पनि अर्ब माथिको कारोबार गर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । सो कम्पनीको रु एक अर्ब पाँच करोड ५७ लाख ५९ हजार ९सय ९ को कारोबार भयो ।

नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु ४७ करोड ५९ लाख ७२ हजार ६ सय ६६, नेपाल दूरसञ्चार कम्पनी रु ३३ करोड ७४ लाख ३३ हजार ७ सय १८, प्रभु बैंक रु २५ करोड ३३ लाख ३९ हजार ८ सय ४५, शिवम् सिमेन्ट रु २४ करोड ३६ लाख २३ हजार ८ सय ३०, माथिल्लो तामाकोशी रु १९ करोड ७३ लाख ८३ हजार ६ सय ९९, नबिल बैंक रु १८ करोड सात लाख ९३ हजार ५ सय ८९, नेको इन्सुरेन्स रु १६ करोड ३५ लाख ८० हजार ६ सय ७० र नेपाल बैंक लिमिटेड रु १४ करोड ७६ लाख ६४ हजार ५ सय ४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी १०, नारायणी डेभलपमेन्ट बैंक १०, विशाल बजार कम्पनी ९.९५, ग्लोबल आइएमई लघुवित्त ९.८७, माथिल्लो तामाकोशीका लगानीकर्ताले ९.८१ प्रतिशतले कमाए । त्यस्तै एनआइसी एशिया ऋणपत्र दुई, एभरेष्ट बैंक १.८५, एक्सेल डेभलपमेन्ट बैंक १.४१, मल्टीप्रपोज फाइनान्स १.२३ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.०३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : ४६ बजे