८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा ८, कोञ्ज्योसोममा १ कोरोना संक्रमित


२२ मंसिर २०७७, सोमबार  

0
Shares


ललितपुर खबर
२२ मंसिर ०७७, चापागाँउ । सोमबार ललितपुरको गोदावरी नगरमा ८ जना कोरोना संक्रमित फेला परेका छन् भने दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा समेत १ महिलालाई कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिउको छ ।
आइतबार सार्वजिक तथ्याङ्क अनुसार गोदावरी नगरमा २ महिला र ६ पुरुष संक्रमित भएका छन् ।
महालक्ष्मी नगरपालिकामा १३ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिदा कुल संख्या १७ जनामा संक्रमण फेला प¥यो । ललितपुर महानगरमा भने २१ महिला र २० पुरुषलाई संक्रमण हुँदा ४१ जना पुगे ।
ललितपुरमा आज ३७ महिला र ३० पुरुष सहित ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यो जिल्लामा अहिलेसम्म १३ हजार ५ सय ५९ जनामा संक्रमण देखिसकेको छ । तीमध्ये ११ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएका छन् । अझैं १ हजार ४ सय १७ जना कोरोना निको हुन बाँकी छन् ।
ललितपुरका आजसम्म १ सय ४६ जनाको कोरोना संक्रमणपछि निधन भइसकेको छ ।

 

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ९ : ०२ बजे