१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थपिए एक हजार २१७ कोरोना सङ्क्रमित


२५ मंसिर २०७७, बिहिबार  

0
Shares


२५ मंसिर ०७७, काठमाडौं । नेपालमा एक हजार २ सय १७ कोरोना एक हजार २१७ कोरोना सङ्क्रमित थपिएका छन् ।
नेपालमा एक हजार २ सय १७ कोरोनाका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर सात हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएकामा ७ सय ७४ पुरुष र ४ सय ४३ महिला गरी एक हजार २ सय १७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको छ । अहिले देशभर १२ हजार ३ सय ६८ कोरोना सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार २४ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३१ हजार ६ सय १ रहेको छ । कोरोना निको हुने दर ९४ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अध्यावधिक विवरणमा उल्लेख छ ।
काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ४४ पुरुष र १ सय ६० महिला गरी जम्मा ४ सय ४ जना सङ्क्रमित थपिएका छन् । चौविस घण्टामा कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएसँगै मृतकको कूल सङ्ख्या एक हजार ६ सय ६३ पुगेको छ । आइसियुमा उपचारत ३ सय ९ र भेण्टिलेटरमा जम्मा ५७ जना उपचाररत छन् ।

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ६ : २२ बजे